• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

कमिशनतन्त्र विरुद्ध जिविसमा नारा जुलुस

प्राविधिकलाई १० प्रतिशत र सचिवलाई ७ प्रतिशत विकासिय काममा कमिशन नदिए पछि काम अवरुद्ध
शुभ नारायण यादब
सप्तरी, जेठ २८ गते । 
 
स्टिमेट भन्दा कम काम गर्नुस, हामीलाई पीसी(कमिशन) दिनुस, राम्रोसँग खानदिनुस अनि तपाईहरु पनि खानुस । 
यस्तै व्यवहारमा सप्तरीमा विकासीय काम हुने गरेको छ । गाउँ विकास समितिका सचिव र विकासीय कामको मूल्याकंनको जिम्मेबारी पाएका जिल्ला विकास समिति सप्तरीका प्राविधिकहरुसँग यो व्यवहारमा उपभोक्ता समितिले व्यवहार मिलाउन नसकेमा काम अवरुद्ध गराउने परम्परा नै बनेको छ र यसको ज्वलन्त पीडा सप्तरीको फर्सैठ गाविसका जनताहरुले भोगिरहेका छन । 
 
सप्तरीको फर्सैठ गाविसमा जारी गाउँको मूल सडकमा माटो र ग्राभेलकामा त्यहाको उपभोक्ता समितिले त्यो व्यवहार मिलाउन अस्वीकार गरेपछि गाविस सचिव र जिविसका प्राविधिकको संयुक्त मिलोमतोमा एकसाता अघि देखि काम अवरुद्ध छन । यो कुराको पर्दाफास जेठ २५ गते बिहान कार्यालय समयमा भयो । कमिशन नदिएका कारण काम अवरुद्ध गर्ने गाविस सचिव र प्राविधिकको विरुद्ध  फर्सैठ गाविसका उपभोक्ता समितिका पदाधिकारी सहित स्थानीयबासीहरुले जिल्ला विकास समितिमा कमिशनतन्त्र अन्त्यको माँग गर्दै प्रदर्शन गर्दा त्यो गर्भको रहस्यको उद्घाटन भयो । 
विकासीय काममा सचिव र प्राविधिकले माँग्ने गरेको कमिशन दिन नमानेपछि आफुहरुले गरेको कामको मूल्याकंन समेत नगरेको भन्दै फर्सैठका जनताहरुले भ्रष्ट प्राविधिक कर्मचारी माथी कारबाही गर, कमिशनतन्त्र बन्द गर, कागजी विकास बन्द गर, हकहित विकास लागु गर, जस्ता लेखिएका प्लेकार्ड सहित नाराजुलुस लगाउदै जिविसमा प्रदर्शन गरेका थिए । 
सो गाविसका सचिव शंकर यादव, जिविसका प्राविधिकहरु उपेन्द्र देव र राधेकृष्ण साहले आफुहरुसंग बिलभाउचर तयारी गर्न र कामको मूल्याकंन गर्न कुल रकमको १० प्रतिशत कमिशन मागेको उनीहरुले आरोप लगाएको छ । कमिशन दिन नमानेपछि गरिएको कामको बिल भाउचर र मूल्याकंन नगरिएको कारण एकसाता भन्दा बढी देखि काम ठप्प रहेको महन्थ बाबा उपभोक्ता समिति फर्सैठका अध्यक्ष कपलेश्वर यादवले बताउनु भयोे । 
सो गाविसका वार्ड नं. १,२,३,४ र ५ अन्तर्गत कोशी पम्प क्यानल देखि कलभर्ट सम्म ११ सय मिटर गाउँको मूल सडकमा माटो र ग्राभेल कामका लागि पेश्की स्वरुप ३ लाख ५० हजार रकम प्राप्त भएको र सो रकम बमोजिमको कार्य समेत गरिसकेको भएपनि कमिशनमा कुरा नमिल्दा बिल भाउचर तयार र मूल्याकंन गर्न नमानेको उपभोक्ता समितिका कोषाध्यक्ष राजेन्द्र यादवले बताउनु भयो । 
सो बाटो निमार्णका लागि ८ लाख ६७ हजार ३९ रुपियाँ ५३ पैसा बजेट बिनियोजन भएको बताउदै समितिका कोषाध्यक्ष यादवले समितिले प्राप्त गरेको रकम बमोजिम काम गरी खर्च भइसकेको तर कुल बजेटको गाविस सचिव शंकर यादवले ७ प्रतिशत र प्राविधिकहरुले १० प्रतिशत कमिशन माँग गरेपछि आफुहरु दिन नमानेकाले थप रकम दिनमा समस्या अवरुद्ध गरेको कारण काम ठप्प रहेको बताउनु भयो । 
समितिका अध्यक्ष कपलेश्वर यादवले भन्नु भयो–‘‘कमिशन लिने दिने सम्बन्धमा सचिव र प्राविधिकसँग तीन पटक छलफल ग¥यो, सुरुमा सचिवले १० प्रतिशत र प्राविधिकले १५ प्रतिशत कमिशन माँग ग¥यो, अन्तिमा सचिवले ७ र प्राविधिकले १० प्रतिशत कमिशन लिनेमा सहमति भयो’’ उहाँले भन्नु भयो–‘‘उनीहरुले थप रकम निकासा पहिले कमिशनको पैसा माग्नु भयो, हामीले भने निकासा भएपछि मात्र पैसा दिन्छु र पैसाको तपाईहरुले भरपाई गर्नुपर्छ भनेपछि उनीहरु सहमत हुनु भएन ।’’
पर्याप्त कमिशनका लागि उनीहरुले ११ सय मिटरको काममा ६ सय मिटर मात्र काम गर्न दबाव समेत दिदै आएको समितिका सदस्य भुवनेश्वर यादवले बताउनु भयो । 
‘‘काम गरेपछि पैसा आउँछ भनेर उधारो स्टिमेट अनुसार ७५ प्रतिशत काम पूरा गरेका छौ, थप रकम प्राप्त भएपछि काम पूरा हुन्छ, प्राविधिकले नापी पनि गरेको छ तर कमिशनको खेलमा काम अवरुद्ध भएको छ’’ समितिका अध्यक्ष यादवले बताउनु भयो । 
प्राप्त रकम बामोजिम गाउँको मुल सडकमा माटो र ग्राभेलको काम राम्रो र सन्तोषजनक भएको निर्माण अनुगमन समितिका संयोजक दिनेश्वर यादवले बताउनु भयो । उहाँले गाविस उपभोक्ता समितिले कमिशन दिन नमानेपछि सचिव र प्राविधिक दुबै जना मिलेर थप रकम उपलब्ध गराउन आलटाल गरेको कारण काम अवरुद्ध भएको बताउनु भयो ।  
उक्त कामका लागि जिम्मेबारी पाएका प्राविधिक उपेन्द्र देवले कुनै प्रतिक्रिया दिन नमानेपनि अर्का प्राविधिक राधेकृष्ण साहले उपभोक्ता समितिले प्राप्त गरेको रकम बमोजिमको काम गरेको स्वीकार गर्दै स्टिमेट बाहिर समेत काम गरेको जानकारी दिनु भयो । स्टिमेट बमोजिम काम अझै नभएकोले स्टिमेट बमोजिम काम गर्नु पर्ने बताउनु भयो । 
आफुहरु उपभोक्ता समितिबाट कुनै प्रकारको कमिशन नमागेकोले आरोप निराधार रहेको उहाँले बताउनु भयो । 
सो सम्बन्धमा गाविस सचिवसंग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन् । 
यत्ता स्थानीय विकास अधिकारी केशव भट्टराईले काम राम्रो भएपनि आफुलाई सो सम्बन्धमा बिस्तृत जानकारी नभएको तर कामको गुणस्तर हेरर मूल्याकंन गर्नुपर्ने बताउनु भयो । जिविसबाट मूल्याकंनको जिम्मेबारी पाएका प्राविधिक र बिल भाउचर तयार गर्ने गाविस सचिवले गल्ती गरेको आरोप लागेपछि जिविसले अन्यसंयन्त्रद्वारा मूल्याकंन गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: