• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

गाउँ परिषद अन्यौलमा

शुभ नारायण यादब
सप्तरी, ३० जेठ ।
      आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाकीँ रहदाँ सम्म सप्तरीका २२ गाविसको गाउँ परिषद हाल सम्म भएको छैनन ।  
 
  गाविस सचिबहरुको उदासिनता तथा राजनितिक दलका प्रतिनिधीहरुको खिचा तानीका कारण परिषद हुन नसकेको जिल्ला विकास समिति सप्तरी स्रोतले जनाएको छ । 
 
  केही  गाविसमा परिषदका लागी पटक पटक पहल गरिएता पनि विवादका कारण समयमा परिषद हुन नसकेको सचिबहरुको भनाई रहेको छ । 
 
  यसरी परिषद हुन बाकीँ रहेको गाविसहरुमा  सप्तरीको वैरवा ,रम्पुरा मल्हनियाँ,बसपिटि,हनुमाननगर,मलेठ,लौनियाँ,पत्थरगाडा,मोआहा,पातो,बनौला,सहितका गाविसहरु रहेको जिल्ला विकास समिति सप्तरीका योजना फाँटका जुगेश्वर यादबले जानकारी दिनुभयो । 
 
 यसरी  परिषद सम्पन्न भएका ९२ वटा गाविसहरु मध्ये ९ वटाको योजना फाईलमा त्रुटीपुर्ण भएको तथा दुई वटा गाविसमा विवादका कारण निकासा नै रोकिएके जानकारी योजना फाँटका यादबले दिनुभएको छ । 
 
   हास सम्म ८० वटा गाविसहरुमा मात्र विकास अनुदानको प्रथम चौमासा रकम निकासा भएके जिविस लेखा शाखाले जनाएको छ । यसरी परिषद भएका गाविसहरुमा समेत प्रथम किस्ता मात्र निकासा भएकाले यस वर्ष पनि विकास अनुदानको करिब एक करोड रकम सम्म फ्रिज हुन सकिने सम्भावना बढेको जिविस स्रोतले जनाएके छ । 
 
 यसरी नै अधिकांश गाविसहरुले परिषद जेष्ठ र असारमा मात्र गराउँने भएकाले विकास योजना प्रभावकारी ढङ्गले संचालन गर्न कठिनाई हुने गरेको जिल्ला विकास समिति सप्तरीका स्थानिय विकास अधिकारी केशब भटराईको भनाई रहेको छ । 
   वर्षको अन्त्यमा आएर परिषद धमाधम गरी असारमा निकासा लिने परिपाटीका कारण विकास योजना कागजमा नै सिमित रहने गरेको स्थानिय विकास अधिकारीले स्विकार्नु भएको छ । 
 
  भटराईका अनुसार यसैगरी जिल्ला परिषद समेत हाल सम्म हुन सकेको छैनन । 
   आन्तरिक गृहकार्य बाकीँ रहेको भन्दै यस अघि परिषदको मिति जेष्ठ २८ गतेका लागी तय गरिएता पनि मिति सारिएको तथा  गाविसका विवाद मिलाउँदै आफुहरुलाई फुर्सद नहुने भएकाले परिषदको तयारीमा समय दिन नसकेका कारण जिल्ला परिषदको सयम अगाडी बढाईएको भटराईको कथन रहेको छ ।  
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: