अब बिमारीको उपचार मठमा

शुभ नारायण यादब
सप्तरी, ३० जेठ ।
    सप्तरीको रामनगर कोदरकटी गाविसको वर्डा नं ५ मा रहेको सन्त कविर मठमा करिब पाँत वर्ष देखी प्रत्येक आईतबारका दिन सो मठमा पुगेपछि सबै दुख आफै हरण हुने गरेको छ।  
 
  स्थानिय बासीहरुका अनुसार सो मठमा पौराणिक परम्परा अनुसार सप्तरी,सिरहा,धनुषा सहित भारतको विभिन्न स्थानबाट हजारौको संख्यामा प्रत्येक आईतबारका दिन सो मठमा श्रद्धालु भक्तजनहरुको घुँईचो लाग्ने गरेको छ । 
   भुत प्रेत लाग्ने,बास स्थान विग्रेको,मस्तिष्क विग्रेको मान्सिक रोगी जस्ता विभिन्न प्रकारका रोगहरुको उपचार विना धामी झाक्रीकै गरीने गरेको धार्मिक विश्वास रहेको छ । 
 
  आजको २१ औ शाताब्दीमा पनि धार्मिक आस्था मान्ने सायद कमै जना होला तर उक्त मठमा प्रत्येक आईतबार एक पल्ट गएपछि त्यसलाई निको आवश्य नै भएर जाने गरेको स्थानिय बासीहरुको भनाई रहेको छ । 
 
   मठका पुजारी पुर्णी दासिनले स्थानिय बासीहरुको हात हेरेर मात्र रोगको उपचार अथवा निको गर्ने गरेको छ ।  करिब आठ विघामा निमार्ण रहेको सो मठमा प्रत्येक आईतबारका दिन हजारौ श्रद्धालु भक्तजनहरु आउँने गरेको छ ।   साथै स्थानिय बासीहरुले उक्त मठको विकास गर्नको लागी सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।   यदि सो मठको राम्रो विकास भएमा पुर्वान्चल कै प्रसिद्ध छिन्नमस्ता मन्दिर झै उक्त मठ पनि प्रसिद्ध हुने विश्वास राखेका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: