• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको नयाँ सदस्यता वितरण प्रति आपत्ति

शुभ नारायण यादब
सप्तरी, ३० जेठ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले नयाँ सदस्यता वितरणका लागि हिजो अपनाएको परीक्षा प्रक्रिया र सोको परिणाम प्रति विभिन्न संघ संगठनहरुको गम्भिर  ध्यानाकर्षण भएको छ ।
 
नेपाल प्रेस युनियन सप्तरी,क्रान्तिकारी पत्रकार संघ ,मधेस मिडिया मिशन,नेपाल प्रेस चौतारी,संचार यात्रा नेपाल र मैथिलि पत्रकार परिषद सप्तरीले आज संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गरी सो कुरा जनाएको छ । 
 
जारी विज्ञप्तीमा सो प्रक्रिया र परिणाम प्रति हामी संयुक्त रुपमा आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघको विधानमा सदस्यता वितरणका सम्बन्धमा परिक्षा प्रणालीको  अनिवार्य व्यवस्था नभए पनि शाखा सप्तरीले व्यवसायीक पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ लिएको परीक्षा प्रति हामी सहमत भएक तथा महासंघको साख कायम राख्न उक्त परीक्षामा हामी सहमत भएका थियो । तर छोटो समयमा महासंघले एक पक्षीय रुपले परीक्षा समिति बनाइ अव्यवहारिक, अवैज्ञानिक ढङ्गले परीक्षा प्रणालीको सर्वमान्य सिद्धान्त विपरीत परीक्षा संचालन गरेको ठहर गरैका छन । 
हस्ताक्षरित विज्ञप्तीमा  सदस्यता वितरणमा परिक्षाको परिणामलाई मात्र आधार बनाई आवेदकले बुझाएको आफनो  प्रक्रिया पुगेका कागजातको वेवास्ता समेत गरिएको आरौप लगाउँदै सहमति , सहकार्य र छलफललाई आधार बनाई नयाँ सदस्यता वितरण गर्ने प्रक्रियालाई स्वस्छ, प्रतिस्पर्धी र पारदर्शी बनाउनु पर्नेमा महासंघले सो विधि समेत  नअपनाएको  आरौप लगाएका छन । 
 
तसर्थ छलफल सहमति र  सहकार्यको परम्परा विपरित पत्रकार सम्बद्ध संघ संगठनलाई समेत वेवास्ता गरि  गरिएको सदस्यता सिफारीशलाई पुनः सुधार गरी महासंघको विधान विपरितको कार्य सच्याउन र योग्य, क्षमताबान र माप दण्ड पुगेका पत्रकारलाई  सदस्यता प्रदान गर्न महासंघसँग आग्रह गर्दै यदि अभिलम्ब सदस्यता प्रदान नगरैमा महासंघ बिरुद्ध सशस्त्तः आन्दौलन गर्नै चैतावनी समैत विभिन्न संगठनहरुलै ब्यक्त गरैका छन । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: