पुर्व कार्यालय प्रमुख पजियारको छोरामाथि गोलि प्रहार

जनकपुरधाम ३० जेष्ठ।
यातायात व्यवस्था कार्यालय जनकपुरका पूर्व प्रमुख यमुना पजियारका ४० वर्षिय जेठो छोरा राजकुमार पजियारलाइ शनिबार राती आफ्नै घर कम्पाउण्डमा गोली प्रहार गरिएकोछ ।
 
राती करिब सवा आठ बजे घरको छानामा रहेका पजियारलाइ बोलाएर घर बाहिर गोली हानेको पारिवारीक स्रोतले जनाएकोछ ।उनको पेटमा एक गोली लागेकोछ ।उपचारका लागि उनलाइ जनकपुर अञ्चल अस्तालमा राती नै भर्ना गरिएपनि त्यहाँ उपचार सं‍भव नभएपछि थप उपचारका लागि धरान स्थित बी पी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोछ ।पारिवारीक स्रोतका अनुसार उनलाइ सफलतापूर्बक अप्रेशन गरिएकोछ । हाल अवस्था सुधारोन्मुख रहेको बताइएकोछ ।
 
यस अघि मंगलबार राती जग्गाको कारोबार गर्ने रामेश्वर साहलाइ गोली हानी हत्या गरिएको थियो ।बिहिबार राती जिल्ला विकास समितिका पियन शिवनारायण भण्डारीलाइ गोली हानी हत्या गरियो ।शुक्रबार राती धनुषा जिल्लाको सखुवा महेन्द्रनगर गाउँ विकास समितिका सचिव रामपुकार यादवमाथि संघातिक आक्रमणहुँदा एकजना अबोध बालक अमित कुमार कापरको मृत्यु भयो ।शनिबार राती राजकुमार पजियारमाथि गोली प्रहार गरिएकोछ ।नगर क्षेत्रमा केहि दिनयता शान्तिसुरक्षाको अवस्था अत्यन्त कमजोर बनेकोछ ।सर्वसधारण त्रसित छन ।

2 Responses

  1. i think ts all fault of police force.
    they r not doing any thing in nepal just taking there payments.

  2. na mao le hatiyar utautiyo na ta yesto din aautiyo, jasle je gare pani hune , kasto desh ,prasasan surskhya nadina sakne kasto desh vo ………

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: