शुभ नारायण यादव
सप्तरी,३१ जेठ ।
रोजगारी र कलासंस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ यहाँ सोमबारदेखि एउटै थलोमा फरक किसिमको तालिम शुरु गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको सहयोग र मैथिल महिला परिषद्को सकृयतामा एकै साथ स्थानीय पब्लिक विन्देश्वरी माविको सभाकक्षमा ७ दिने शिपमूलक मैनवती तालिम र ३ महिने मिथिला चित्रकला तालिम शुरु गरिएको हो । पहिलो दिनमै झण्डै ४ दर्जन महिलाहरु सो तालिममा सहभागी भएकी छन् ।
तालिम उदघाट्न समारोहमा घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत रघुवर साहले तालिमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउनका साथै संस्कृति संरक्षणमा समेत ठूलो योगदान पुग्ने बताउनुभयो ।
मैथिल महिला परिषद्की अध्यक्ष साधना झाले दुई चार पैसाका लागि पनि छिमेकी र साहु महाजन कहाँ ऋण माग्न जानु पर्ने बाध्यताको अन्त्य गर्न र संस्कृति संरक्षण सम्बद्र्धनका लागि यस्ता तालिम कोसे ढुंगा सावित हुने बताइन् ।
उदघाट्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरे, प्रशिक्षक वीरेन्द्र चौधरी, परिषद्की निवर्तमान अध्यक्ष मीना ठाकुर, प्रअ नथुनी दास, शिक्षिका मंजू श्रेष्ठ, पत्रकार महासंघ सप्तरीका पुर्व सभापति बैधनाथ झा, मैथिल कार्यदलका देवेन्द्र मिश्र, प्रशिक्षार्थी मनोरमा कर्ण, रक्षा चौधरीले समेत बोल्नु हुँदै तालिमको महत्व’bout आ–आफ्नो धारणा राख्नु भएको थियो ।
Advertisements
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्