• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

विमानस्थलको रनवे निमार्ण कार्य अत्यन्त सुस्त गतीमा

शुभ नारायण यादब
सप्तरी सामाचारदाता
अषाढ २ गते ।
    वर्षाकौ प्रतिक्षा पश्चात सप्तरीको राजविराज विमानस्थलमा विमान सेवा सुचारु भएता पनि वर्षाकौ समयमा सेवा पुन अवरुद्ध हुने आंशका बढन थालेको छ ।
  विमानस्थलको रनवे निमार्ण कार्य अत्यन्त सुस्त गतीमा भईरहैकौ हुनालै  केही महिना पछि तराई भैगमा सुरु हुने वर्षाकौ समयमा विमान सेवा अवरुद्ध हुने प्राय निश्चिित देखिएको छ ।
 
   सप्तरीबासीको ठुलो आशा पश्चात करीब पाँच वर्ष पछि राजविराज विमान स्थलमा विमान सैवा सुचारु त गरियो तर नागरिक उडडयन प्राधिकरण तथा रनवे निमार्ण कार्यकौ जिम्मैवारी पाएका ठेकेदार कम्पनीको ढिला सुस्ती र लापरबाहीका कारण वर्षा प्रारम्भ भए लगतै विमान सेवा अवरुद्ध हुने निश्चितता बढन थालेको छ ।
 
     गत माघ महिनाबाटै काम शुरु हुनुपर्नेमा नागरिक उडडयन प्राधिकरण तथा जिल्ला विकास समिति सप्तरीकौ लापरबाहीका कारण गत चैत महिना देखी मात्र कामको शुभारम्भ गर्न थालिएकौ हो । नागरिक उडडयन मन्त्रालयले दुई करौड २५ लाख छुटयाएको एक वर्ष भन्दा बढी भईसककौ तथा जिल्ला विकास समितिलै तिन वर्ष अगाडी नै रनवे निमार्णका लागी दुई करौड रकम छुटयाईएता पनि दुबै पक्षकौ कमजोरीका कारण हाल सम्म पनि उक्त रनवे निमार्ण हुन सककौ छैन ।
 
  एक हजार छ सय मिटर लामो रनवे रहेको सो विमानस्थलमा ९ सय मिटर रनव० निमार्ण गर्न यसअघि सहमति भएकौ थियौ । तर अहिले सम्म सात सय मिटरको मात्र रनवे निमार्णकौ कार्य शुरु गरिएकौ छ । कार्यकौ अनुगमनका लागी नागरिक उडडयन मन्त्रालयबाट आएका ईन्जिनियर मणी गौविन्द श्रेष्ठले काम सुस्त गतीमा भईरहैको स्विकार गर्नुभयौ । समयमा काम पुरा गर्न आफुहरु सक्दौ प्रयास गरीरहेको तथा यसै अनुरुप ठेकेदारहरुलाई समैत निर्देशन दिईएकौ बहाँलै बताउँनुभयो ।
 
     यता उक्त रनवे निमार्ण गर्नै जिम्मा कान्छा राम एण्ड रौहितास जेभी कम्पनी काठमाण्डौलाई दिईएकौ थियौ । उक्त कम्पनीले यस कार्यकौ जिम्मा स्थानिय रामा कन्सट्रक्सनलाई दिएकौ छ तर आवश्यक उपकरणको अभावका कारण काम गर्न कठिनाई भईरहैकौ ई.श्रैष्ठकौ कथन रहेको छ । कच्ची रनवेका कारण राजविराज बिमानस्थल वि.स.२०५२ साल यता बिमान उडन सकेको थिएन । गत बैशाख २६ गतेबाट तारा एयरको विमान साताको दुई पटक उडान शुरु गरैपछि सप्तरीबासीहरुले खुसी ब्यत्तः गरेका थिए ।
 
   वि.स.२०१६ सालमा तत्कालिन उघोग मन्त्री स्व.गणेशमान सिंहले शिलान्यास गरिएको राजविराज  एयरपोर्टकौ लागी ५० विघा जग्गा स्थानिय रुद्र नारायण सिंहले उपलब्ध गराएका थिए । उक्त विमानस्थलमा कच्ची रनवेका कारण सुख्खायाममा मात्र हवाई संचालन हुनै गरेको थियो । त्यति बेला आर.एन.ए.सीको सातामा दुइृ ओटा काठमाण्डौ र दुई औटा लामीडाडा उडान हुने गर्दथ्यौ । समुचित मर्मत सम्भारकौ अभावमा विगत छ वर्षदैखी सप्तरीबाट हवाई उडान अवरुद्ध रहैको थियो ।
 
  असोज अगाबै रनवे ग्राभेल गरिदिने शर्तमा मात्र उडान शुरु भएकौ हो तर रनवे निमार्णकौ ठेकेदारलाई काम पुरा गर्न असौज १३ गतै सम्मको अन्तिम म्याद दिईएकौ छ । गत चैत महिनाबाट काम शुरु भएता पनि हाल सम्म १५ प्रतिशत भन्दा पनि कमै कमै काम भएको प्राविधिकहरु बताउँछन । 
 
पुर्वान्चलकै पहिलो तथा राजधानी काठमाण्डौ पछिको सबै भन्दा ठुलो विमानस्थलको रुपमा रहेको यस विमानस्थललाई सुचारु गराउँन सरकार तथा स्थानिय निकायबाट करौडौको बजेट उपलब्ध गराएता पनि उनीहरुकै उदासिनताका कारण राजविराज विमानस्थलमा पुन विमान सेवा बन्द हुने निश्चितता बढन थाले पनि सम्बन्धित निकाय तथा यहाँका स्थानिय जनसामुदायको ध्यान समेत त्यस्तातिर पुग्न सकको देखिदैन ।
 
     विमानस्थलमा रनवे कै अभावका कारण पटक पटक विमान सेवा अबरुद्ध हुदै आएको छ ।  
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: