शुभ नारायण यादब
सप्तरी, ०४ असार ।
वर्षैधान खेतीको समय शुरु भएता पनि कृषि सामग्री कम्पनीमा सहुलियत दरको मल खाद अभाव भएकाले कृषकहरु बजारबाट महँगो मुल्यमा मल किन्न बाध्य भएका छन ।
सहकारी संस्था मार्फत सहुलियत दरमा बिक्रि वितरण गरिनै मलखाद जिल्ला स्थित कम्पनीको गोदाममा सकिएपछि स्थानिय कृषकहरु चिन्तित बनेका हुन ।
धान खेतीका लागी हाल चारु सय मेट्रिक टन युरिया कम्पनीको गोदाममा स्टोक हुनुपर्ने भएता पनि एक सय मैट्रिक टन मल पनि हाल सालै आएको स्टोर किपर सोने लाल मुरमुले जानकारी दिनुभयो ।
पहिला आएका सम्पुर्ण युरिया बिक्रि भईुकैका कारण हाल गौदाममा युरिया मल नरहेको तथा पोटास पनि सकिन लागेको मुरमुले बताए ।
गोदाममा डिएपी मल ३ सय ३६ मेट्रिक टन स्टोक रहेता पनि सहकारस् संस्थामा मलका लागी कृषकहरुको भिड लागेपनि उनीहरु रिक्तै हात घर फर्किन बाध्य भएका छन ।
कृषि संस्थानले समयमा मल खाद ब्यवस्था गर्न नसक्दा कृषकहरुले बजारबाट कम गुणस्तरीय भारतीय मल किन्नु परैको तथा स्थानिय सहकारीहरुमा मल नपाउँदा ढुवानीका लागी समस्या परेको कृषकहरुको गुनासो रहेको छ । कृषि संस्थानले उपलब्ध गराउँने सहुलियत दरको युरिया प्रति बोरा रु.६ सय ७९ डिएपी,रु.१ हजार ४ सय १७ र पा०टास रु.७ सय ८३ पर्ने एक कर्मचारीलै बताए । उक्त कम्पनीकौ मल बजारमा किन्दा प्रति बोरा डेढ सय देखी ३ सय सम्म बढी तिर्नु परैको कृषकहरुले गुनासो पोखेका छन ।
यता सप्तरीको उक्तरी भेगका कृषकहरु सहुलियत दरको मल खाँदको प्रतिक्षामा रहेता पनि धानबाली लगाउँने समय शुरु हुदाँ सम्म पनि मल उपलब्ध नभएकोमा कृषकहरु चिन्तित बनेका छन ।
Advertisements
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्