रोगीहरु भूईमा बसेर उपचार गराउन बाध्य

शुभ नारायण यादब
सप्तरी, ०४   असार ।
 बढ्दो गर्मीसँगै रोगी बढन थालेपछि सगरमाथा अंचल अस्पताल राजविराजमा रोगीहरु भूईमा बसेर उपचार गराउन बाध्य भएका छन् ।
 
       बढेको गर्मीसँगै झाडा पखाला, ज्वरो, पेट दुख्ने रोगीको सँख्या एकाएक बढन गएपछि सगरमाथा अंचल अस्पताल राजविराजमा बेडको अभाव हुन पुगेको हो । अस्पतालको क्षमता भन्दा रोगी बढी नियमित रुपमा आउन थालेपछि भूईमै राखेर उपचार थालिएको अस्पताल प्रशासनले जनाएको छ ।
 
      रोगीहरु दिनानुदिन बढ्दै गएको र इन्डोरको एउटा कोठाको मर्मत संभार थालिएको कारण त्यो कोठाबाट रोगी खाली गराइएपछि अन्य कोठाहरुमा रोगीका लागि बेडको अभाव भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मण मंडलले दिनुभयो । बेडको अभावमा प्रचण्ड गर्मीमा बरण्डा र भूईमा राखेर रोगीको उपचार गरिएपनि रोगीका कुरुवाहरुले आवश्यक सरसफाई र विद्युतीय पंखा नहुदा समस्या भोग्नु परीरहेको गुनासो गरेका छन् ।
      सप्तरी, सिरहा र उदयपुरका साथै नजीकका भारतीय जिल्लाबाट समेत उपचारार्थ आउने विरामीहरु अस्पतालमा वेड नहुँदा नर्सिङ होम र अन्य अस्पतालमा महंगोमा उपचार गराउन विवश रहेको बताउँछन् । ५० वेडको यस अस्पताललाई १ सय बेडको वनाउनका लागि भवन निर्माण कार्य वर्षौदेखि भई रहे पनि सो सम्पन्न हुन नसक्दा अस्पतालले बढेको विरामी थाम्न सकि नरहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
 
      गर्मीसँग रोगी बढेपछि सगरमाथा अंचल अस्पतालमा उपचार गराउन नपाएका विरामीहरु अन्य अस्पताल, नर्सिङ होम, विराटनगर, धरान जस्ता ठाउँमा महंगो उपचार गराउन विवश भएकोले निर्माणधिन भवन तत्काल पुरा गरी हस्तान्तरण प्रक्रियामा लाग्नुपर्ने धारणा अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष असर्फी सदाको भनाई छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: