• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

दलितहरुको लागि आवास निर्माण

शुभ नारायण यादव

सप्तरी,०५ असार ।
 
जनता आवास कार्यक्रम अन्र्तगत दलितहरुको लागि आवास निर्माण सप्तरीमा दु्रत गतीमा भइरहेको छ ।
      सप्तरीको ६ वटै संसदीय क्षेत्रमा दलितका लागि नेपाल सरकारले उपलब्ध गराएको दलित अवास अन्गर्तत घर निर्माण क्षेत्र नं. १ को घोघनपुर, क्षेत्र नं. २ को वथनाहा, क्षेत्र नं. ३ को वरही वीरपुरको हाटी, क्षेत्र नं. ४ को पात्तो औरही, क्षेत्र नं. ५ को कल्याणपुर र क्षेत्र नं. ६ को मानराजामा शुरु गरिएको छ । प्रत्येक संसदीय क्षेत्रमा १ सय ६६ वटा घर निर्माण गरी स्थानीय दलितलाई हस्तानान्तरण लक्ष्य साथ सम्पूर्ण क्षेत्रमा युद्ध स्तरमा स्थानीय उपभोक्ताले निर्माण काम द्र्ुत गतीमा काम अघि बढाएको जानकारी भवन आवास डिविजन कार्यालय राजविराजका कार्यालय प्रमुख श्याम किशोर सिंहले दिनुभएको छ ।
 
      एक वटा घर निर्माणका लागि नेपाल सरकारले १ लाख ४० हजार २ सय ८० रुपैयाँ ३१ पैसाका दरले वजेट उपलब्ध गराएको र सो रकममा २२ फिट लामो, १५ फिट चौडाको घरमा ५ फिटको बरण्डा र वरण्डामा चुलो निर्माण गरीदैछ झ्याल, ढोका सदितको दुई कोटे भवनमा जस्ता पात्ताले छाएको घर स्थानीय दलितहरुले गठन गरिको उपभोक्ता समिति मार्फत निर्माण भइ रहेको छ । स्थानीय वासिन्दले गठन गरेको उपभोक्ता समितिमा एक जना संयोजक, दुई जना महिला सहित पाँच जना सदस्य र सदस्य सचिव शहरी आवास तथा भवन डिविजन कार्यालय राजविराजका प्रतिनिधि रहेका छन ।
 
      निर्माण समितिले आफ्नो घर निर्माण भैरहेको र घर निर्माणका लागि सरकारले उपलब्ध गराएको बजेट सदुपयोग गर्ने तर्फ जिम्मेवारी ढंगले प्रस्तुत भई रहेको कारण दलितहरुको लागि स्तरीय घर निर्माण भइरहेको घोघनपुर निर्माण समितिका सदस्य मो. कलिमको भनाई रहेको छ । निर्माण समितिका पदाधिकारीहरु आफ्नो घर सरह काम गरी रहेको कारण क्षेत्र नं. १ अन्तर्गत घोघनपुरमा घर निर्माण कार्य अन्तिम चरणमा पुगि सकेको र छाना हाल्ने काम मात्र बाँकि रहेको समितिका संयोजक जिपिल मियाँको भनाई छ । घर निर्माण अन्तिम चरणमा पुगिसकेको भन्दै संयोजक मियाले असारको दोस्रो सातासम्म निर्माण काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।
 
      त्यस्तै सप्तरीको संसदीय क्षेत्र नं. २ र ३ अन्तर्गत वथनाहा र वरही विरपुर शुरु भएको दलित घर निर्माण कार्य पनि तिव्र गतीमा भइ रहेको र सवै घरको पर्खाल जोडने तैयारीमा स्थानीय उपभोक्ता समिति जुटेका छन भने  क्षेत्र नं. ५ र ६ मा पनि घर निर्माण कार्या प्रभावकारी ढंगले संचालन भई रहेको स्थानीय दलितहरुको भनाई छ ।
 
      घर निर्माणका लागि नेपाल सरकारले सप्तरीमा उपलब्ध गराएको १३ करोड ९० लाख वजेट मध्ये हालसम्म निर्माण समितिलाई मात्र ४ करोड २२ लाख निकाशा दिएको भन्दै शहरी आवास तथा भवन डिविजन कार्यालयका प्रमखु सिंहले कामको प्रगति अनुसार चार किस्तामा वजेट निकाशा दिने गरेको बताउनुभयो ।
 
      सप्तरी, सिरहा र कपिलवस्तु जिल्लामा संचालन गरिएको जनता आवास कार्यक्रम तीन वटै जिल्ला  मध्ये सप्तरीमा नमूना स्वरुप निर्माण भइरहेको निर्माण समिति वथनाहाको सदस्य मनताज मियाको भनाई छ । असार समान्त भित्र ६ वटै संसदीय क्षेत्रको दलित घर निर्माण कार्य सम्पन्न गरि स्थानीय दलित परिवारलाई हस्तानान्तरण गर्ने लक्ष्य लिई प्रारम्भ गरिएको जनता आवास कार्यक्रम सप्तरीमा प्रभावकारी ढंगले संचालन भई रहेको र यसले जिल्लाका दलितहरु लाभान्वित हुने धारणा सप्तरीका दलित नेता भोला रामको भनाई छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: