• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सप्तरीको पहिलो धार्मिक पत्रिका वेद–ध्वनिको विमोचन

शुभ नारायण यादव
सप्तरी,०५ असार ।
  जनजनमा वैदिकमन्त्र, धर्म, परम्परा, कला, दर्शन र नैतिकताको संदेश पु¥याउने उदेश्यले प्रकाशन गरिएको वेद–ध्वनि नामक मासिक पत्रिकाको एक भव्यसमारोह बीच शनिबार विमोचन गरिएको छ ।
      स्थानीय नगरपालिकाको समाकक्षमा पत्रिकाको विमोचन गर्दै प्रमुख अथिति प्रेस काउन्सीलका सदस्य देवराम यादवले पवित्रग्रन्थ वेद सँग जोडिएर सप्तरीबाट पहिलोपटक प्रकाशित वेद–ध्वनि नामक मासिक पत्रिकाले समाजमा सकारात्मक संदेश बाँडन सफल हुने विश्वास व्यक्त गरे ।
 
      नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व सभापति मुरली प्रसाद यादवले धार्मिक पत्र–पत्रिकाको अभाव सर्वत्र महशुस भई रहेको वेला प्रकाशित भएको वेद–ध्वनिले त्यस्तो पाठकको खुराक पुरागरी समाजमा धर्म र संस्कृतिको विकासमा उल्लेखनिय  योगदान पु¥याउन सफलहोस भने शुभकामना दिए । प्रकाशक एवं कार्यकारी सम्पादक पंडित रामकुमार शास्त्रीको अध्यक्षतामा आयोजित विमोचन समारोहमा पत्रकार गोपालगुप्ता, पुरुषोत्तम सापकोटा, राधेश्याम रमण, राजु विश्वकर्मा, सुर्य ना. यादव, विष्णु मण्डल, सुरेन्द्र गुप्ता, राजेश झा, शिक्षक शत्रुधन चौधरी, वागेश्वरी सेवा समितिका अध्यक्ष इन्द्र नारायणदेव, एनेकपा माओवादीका सप्तरी यन्चार्ज सूर्यनाथ यादव (शुभाष), समेतले शुभकामना दिनुभएको थियो ।
 
      भागवत यादव सम्पादक रहेको सो पत्रिकामा धार्मिक गतिविधिलाई बढी प्राथमिकता दिइने सो अवसरमा प्रकाशन संस्थाले जानकारी गराए । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: