• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

छिमेकी यूवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

शुभ नारायण यादब

सप्तरी,०६ असार ।
      छिमेकी यूवतीलाई बलात्कार गरेको आरोपमा गाउँलेले एक यूवकलाई आईतबार पक्राउ गरी रामधुलाई दिदै प्रहरीमा बुझाएका छन् ।
 
      सप्तरीको चन्ही मल्हनियाँ– ७ निवासी पासवान थरकी २५ वर्षीया यूवतीलाई शनिबार मध्यरातमा सोही वडा निवासी ३६ वर्षीय सूर्य प्रसाद गूप्ताले जवरदस्ती करणी गरेको भन्दै गाउँलेले मरनासन्न हुने गरी कुटपिट गर्दै प्रहरीमा बुझाएका हुन ।
 
      गाउँलेको कुटाईबाट टाउको फुटेर गम्भिर घाइते भएका गुप्ताको स्थानीय अस्पतालमा उपचार गराई थप उपचार र अनुसन्धानका लागि प्रहरी निगरानीमा राजविराज तर्फ पठाइएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो ।
 
      गाउँलेको कुटाईबाट निकै सिकिस्त भई बोल्न सक्ने अवस्थामा नरहेकाले उपचार सँग–सँगै मेडिकल जाँच र बयान लिने काम गरिने प्रहरी निरीक्षक थपलियाको भनाई थियो ।
 
      पीडित यूवतिको पनि आइतबारै स्थानीय सगरमाथा अंचल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । घरमै सुतिरहेको बेला परिवारका पुरुष सदस्य नभएको मौका छोपी ती यूवतीलाई मध्यरातमा रक्सीले मातेर आएका गुप्ताले मुखथुनी जवरदस्ती करणी गरेको पीडितका आफन्तजनले बताए । घटनाबारे बिहान गाउँलेले खबर पाएको लगतै गुप्तालाई पक्राउ गरी मरनासन्न हुने गरी कुटपिट गर्दै प्रहरीमा बुझाएका थिए ।
 
      यसैबीच अधिकारवादी संस्था सेकडिहुरफका अध्यक्ष जंगबहादुर सिंह तथा महिला अधिकार एवं संरक्षण मञ्चकी अध्यक्ष आभा सेतु सिंहले एक पे्रस विज्ञप्ती जारी गर्दै अत्यन्त घृणित तथा अमानवीय क्रियाकलापमा संलग्न बलात्कारी गुप्तामाथि कडा कारवाहीको माँग गरेका छन् ।
 
      समस्या परेको बेला छिमेकीले सहयोग गर्नुपर्नेमा त्यसको बिपरीत छिमेकीकै छोरी–चेलीको इज्जतसँग खेलवाड गरेर गुप्ताले सामाजिक मान्यताको खिल्ली उडाएको उल्लेख गर्दै विज्ञप्ती मार्फत घटनाको सूक्ष्म अनुसन्धान गरी दोषिमाथि कडा कारवाहीको माँग गरिएको छ ।

5 Responses

  1. ssssssssssssssss karasajar dinu

  2. ssssssssssssssss karasajaidinu

  3. tiyo bekti lai jiban karabas ko sajai hun ma aaphu arf bat anurodh gard chhu

  4. good sale yestee marnu parcha

  5. teyo manchhe lae keti sag bihe gardinu pareyo he

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: