• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

दलित परिवार खानेपानी उपभोग गर्नवाट वन्चित, छुवाछुत अपराध निगरानी केन्द्र द्वारा अपराधीलाई कानुनी कार्वाहीको माँग

राधेश्याम राम
लहान ८ गते असार ।
सिरहा समाचारदाता 
सिरहाको चन्द्रउदयपुर गाविस वाड नम्वर–४ रुमाले टोल डन्डा स्थीतका चार घर दलित परिवार लाई स्थानिय कथित उपल्लो वर्गले सार्वजानिक ईनारको पानी खान वाट वन्चित गराईएको छ ।
      स्थानिय सरिता मिझार सार्कीका अनुसार वहाँके शब्दमा–हामीलाई यो टोलका मगर समुदायले ईनारमा पानी नखा, ईनार छोईदिईस भन्छनन र गाली गलौज गरिरहेको वताँउछीन । चन्द्रउदयपुर गाविस–४ स्थीत दुई वटा मात्र सार्वजानिक ईनार छ, तर एउटा ईनार मगर समुदायको स्वामित्वमा रहेको छ भने अर्को एउटा ईनार वाट सवैले पानी खाने गरेको छ । 
 
      सो टोलमा १२ घर मगर समुदाय, २ घर हलुवाई, र ४ घर सार्की परिवार गरी १८ घरपरिवारको वासोवास रहेको छ । सो १८ घर परिवारले दुई वटा ईनारको पानीको साहारामा वाँच्ने गरेका अवस्थामा सार्की परिवारलाई स्थानिय पदम कमारी रुवाले मगर, रविलाल रुवाले, लगायतका व्याक्तिले पानी खान वाट वन्चित गराईएको स्थानिय युवा दुर्गा मिझार सार्कीले दुखेसो व्यक्त गरेका छन । सो १८ घर वस्तीका विचमा देव लाल मिझार सार्की, सोमलाल मिझार सार्की, पुर्ण वहादुर मिझार सार्की र एत लाल मिझार सार्की जातिय रुपमा वहिष्कृत भएर वस्नु परेको स्थानियवासीहरु वताँउछन ।
 
      यता मगर समुदायका पदम कुमारी रुवाले ले सार्कीलाई हामीले खाने ठाँउको पानी खान नदिने वताँएकी छिन, स्थानिय शिवकुमारी मिझारकी अनुसार पहिले पहिले हामीलाई पानी खान पालो लगाईएको थियो, पछी हामीले आफैले ईनार वाट पानी दिन थाले पछी, मगरहरुले हाम्रो पानीको भाँडो समेत फयाकी दिन्छन, गाली गर्छन हामी लाई हेपेर राखेको वताँउछीन । यता ईलाका प्रहरी कार्यालय मिर्चैयाले हामीलाई डन्डा रुवाले टोलका घटना वारेमा जानकारी नभएको जनाईएको छ ।
 
      यसै विच जातिय विभेद तथा छुवाछुत गर्ने लाई कानुनी कार्वाही गराउन सक्रिय रहेका ल्यानकाउ नेपाल सम्वद्ध जातिय विभेद तथा छुवाछुत अपराध निगरानी केन्द्र सिरहाका कार्यक्रम संयोजक राधेश्याम राम, दलित समाज सेवा संघ लहान, एफोन्ड ईन्टरनेशनल, मानव अधिकार केन्द्र, नेपाल मानव अधिकार संगठन, दलित संरक्षण अभियान मन्चले एक प्रेस विज्ञप्ती जारी गरी जातको अधारमा छुवाछुत गर्ने ज्यानमारा सरह अपराधी हुन अपराधीलाई अविलम्व कानुनी कार्वाही कानुनी कठघरामा उभाउन जिल्ला प्रशासन सँग माँग गरेका छन ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: