• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बस पल्टिदा एकको मृत्यु , ३० घाइते , ७ गम्भिर

जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको नवटोलीमा आज बिहान एक यात्रुबाहक बस पल्टिदा १ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन ।
 मृतक काठमाडौं कपन ६ घर भएका ४२ वर्षिय डोलेश्वर लकण्डी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । टाउकोमा गम्भिर चोट लागेको उनको तात्काल घटनास्थलमा नै मृत्यु भएको धनुषा प्रहरीले जनाएको हो । घाइतेहरुमध्ये अधिकांश मोरङ्‍ग , झापा र धनकुटाको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाइतेमध्ये १५ जना समान्य उपचार गराएर घर फर्किएका छन ।
 
 अन्य गम्भिर भनिएका १५ जनामध्ये ८ जनाको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ । अञ्चल अस्पताल जनकपुरमा उपचार सम्भव नभएका अन्य ७ जनालाइ थप उपचारको लागि धरान पठाइएको अञ्चल अस्पतालले जनाएको छ । घाइतेहरुलाइ प्रहरीको टोलिले स्थानीयबासीको सहयोगमा बिहान नै अस्पताल पुर्याएका थिए । दुर्घटनामा घटनास्थलमा नै मृत्यु भएको ब्यक्तिको सनाख्त हुन ढिलाइ भएको प्रहरीले जनाएकोछ ।
 
 काठमाडौंबाट मधुमलको लागि प्रस्थान गरेको ना ४ ख १०५० नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको नवटोली वडा नं ५ मा सडकमै पल्टेको छ । बसमा सबार यात्रुहरुका अनुसार बसका चालकले खलासी दिनेश परियारलाइ बस चलाउन सिकाउँदै गर्दा अनियन्त्रित भइ बस पल्टेको हो । बसका चालक र कन्डक्टर दुवै जना फरार रहेका छन भने खलासी दिनेश परियार प्रहरीको नियन्त्रणमा छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: