• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जनकपुर अस्पतालमा १७ महिनादेखि सर्जन अभाव

जनकपुर, चार वर्षीय मोनु भनिने अमितकुमार कापरलाई जेठ २८ मा गोली लाग्यो । आफन्तले यस भेगकै सुविधा सम्पन्न मानिने जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएनन्, रामानन्द चोकस्थित एक क्लिनिकमा प्राथमिक उपचारपछि धरान लगे । उपचारक्रममा उनको मृत्यु भयो ।
 
 त्यस्तै जेठ २९ मा ३० वर्षीय राजकुमार पञ्जियारको हत्या प्रयास भयो । अञ्चल अस्पताल भर्ना गराइयो तर त्यहाँ उनको प्राथमिक उपचारमात्र सम्भव भयो । अनि तत्काल धरान रेफर गरियो । उनी धरानमै उपचाररत छन् । जेठ ३० गते प्रहरीसँग मुठभेडमा घाइते भएका राजनमुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चा सम्बद्ध अवधेश मण्डललाई पनि अञ्चल अस्पताल भर्ना गराइयो तर उनलाई पनि प्राथमिक उपचार गरेर धरान रेफर गरियो । बाटोमै मण्डलको मृत्यु भयो । समयमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुन सकेको भए दुवैको ज्यान जोगिने थियो । यी त उदाहरणमात्रै हुन् । विशेषज्ञ चिकित्सक अभावमा धेरैले सास्ती भोग्नुपरेका घटना थुप्रै छन् । अञ्चल अस्पताल हुँदाहुँदै धेरै खर्च गरेर अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यता छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गौरांग मिश्रा विशेषज्ञ सर्जन आभावमा बिरामीको उपचार हुन नसकेको स्विकारे ।
 
 ‘समस्या एक दिनको होइन’ उनले भने, ‘१७ महिनादेखि विशेषज्ञ सर्जन छैनन्, घटना जुनसुकै बेला पनि हुन सक्छ, चिकित्सकको अभावमा ज्यान पनि जान सक्छ ।’ अञ्चल अस्पताललाई सरकारले दुई सय शय्या सञ्चालन गर्ने स्वीकृति दिएको छ । तर अनुदान भने एक सय शय्याको मात्र दिने गरेको छ । सय शय्याको लागि स्वीकृत ३९ चिकित्सकको दरबन्दीमा हाल १२ चिकित्सकमात्र कार्यरत छन् । १७ चिकित्सकको दरबन्दी रिक्त छ । यसैगरी स्टाफ नर्सका लागि स्वीकृत २४ दरबन्दीमा ९ पद रिक्त छ । दुई सय शय्याका लागि करिब ६० चिकित्सकको दरबन्दी आवश्यक छ । अस्पतालका प्रमुख प्रशासक मनोजकुमार साहका अनुसार सर्जिकल, अर्थोपेडिक, बालरोग, स्त्रीरोग, फिजिसियन, डेन्टल विभागमा ११ औं श्रेणीका विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि सबै रिक्त छन् । अन्य विभागहरूमा कनिष्ठ चिकित्सकबाट सेवा उपलब्ध गराइए पनि सर्जिकल, अर्थोपेडिक, रेडियोलोजी, मानसिक रोग, बेहोसी, ईएनटीसहितका विभागमा एउटै पनि चिकित्सक छैनन् ।
 
 मेडिकल सुपरिटेन्डेन्ट मिश्रा स्वयं नवांै श्रेणीका फिजिसियन हुन् । वाषिर्क झन्डै २ हजार शल्यक्रिया हुने प्रसूति विभागमा पनि विशेषज्ञ चिकित्सक छैन । आठौं तहकी डा. कल्पना बछाड र अस्पताल विकास समितिले जोहो गरेका अन्य दुई कनिष्ठ चिकित्सकबाट जेनतेन बिरामीहरूलाई सेवा प्रदान गरिएको विकास समिति अध्यक्ष कुमरकान्त झाले बताए । डा. मिश्राले विशेषज्ञ सर्जनका लागि मन्त्रालय र विभागमा पटकपटक लिखित तथा मौखिक ताकेता गरेको बताए । असुरक्षाका कारण जनाउँदै चिकित्सकहरू आउन नमान्ने गरेको स्रोतको भनाइ छ । पटकपटक बिरामीका आफन्तले आक्रमण र दुव्र्यवहार गर्ने गरेकाले यो अवस्था आएको चिकित्सकहरू बताउँछन् । ‘विज्ञ चिकित्सकहरू जनकपुर आउनै मान्दैनन्,’ डा. मिश्रा भन्छन्, ‘विभागले विशेषज्ञ चिकित्सकहरु खोज्न पनि भनेका छन् तर यहाँ आउन कोही चाहँदैनन् ।’ सामान्य घटनामा पनि स्वास्थ्यकर्मीमाथि हातपात गर्ने, सशस्त्र समूहहरूको चन्दा आतंक, अवसरको कमी तथा कमजोर अस्पताल व्यवस्थापनका कारण विशेषज्ञ चिकित्सकहरू आउन नमानेका एक चिकित्सकले बताए ।
 
 शिशु वार्डकी इन्चार्ज रंजु यादव स्टाफ नर्सको दरबन्दी सधैं रिक्त हुनुमा सरकारी नीति दोषी रहेको बताउँछिन् । जनकपुर नर्सिङ क्याम्पसबाट उत्तीर्ण हुने स्टाफ नर्सहरूमध्ये केही कोटा जनकपुर अस्पतालका लागि छुट्याउनुपर्ने उनको भनाइ छ । ‘नेपाली भाषीहरू पायक पर्ने ठाउँमा सरुवा गराएर जान्छन्,’ उनी भन्छिन्, ‘मधेसी समुदायका स्टाफ नर्सहरू लोकसेवामा उत्तीर्ण हुँदैनन् अनि कसरी हुन्छ दरबन्दी पूरा ?’ समिति अध्यक्ष झाले नेपाल सरकार जनकपुर अञ्चल अस्पतालसँग काखापाखा गरेको आरोप लगाए । ‘हामी दुई सय शय्या चलाउँछौं तर दरबन्दी सय शय्याकै छ । स्वीकृत दरबन्दीअनुसारको स्वास्थ्यकर्मी पनि छैनन्,’ उनले भने । स्वास्थ्यकर्मीको अवस्था पद दरबन्दी कार्यरत संख्या रिक्त पद चिकित्सक २९ १२ १७ स्टाफ नर्स २४ १५ ९

One Response

  1. aaj ek sal pehle ki bat hai mai jaraha tha kakar bhiththa to bas ko lutere sab lut liya or mera mobail bhi lekin galti se mera n. mero mobail/ jis dukan se liya tha wah mere nam se nahi hai or hamko malum bhii nahi hai ki kaun sa n. mere nam se hai mere kahne ka matlab hai ki abhi tak wah mobail us horaha hai lekin ham or nepal sarka un logo ko kuch nahi kar sakta so pliz helph mee

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: