धनुषामा शिक्षक आन्दोलित /पुर्व अध्यकक्ष / उपाध्यक्ष आमरण अनशनमा

जानकी एफ।एम।
धैर्य कान्त दत्त
जनकपुर। असार ११ 
नव गठीत शिक्षा समिति बिघटन गर्न माँग गर्दै प्याबसनका केन्द्रीय उपाध्यक्ष सरोज राय र एन प्याबसन धनुषाका पूर्व अध्यक्ष वृजेन्द्र मिश्र आमरण अनशनमा बसेका छन्।
शिक्षा समितिको गठन जिल्ला शिक्षा अधिकारि सदानन्द झाले आफु खुशी गरेको भन्दै राय र मिश्र हिजोबाट जिल्ला प्रशासन कार्यालय धनुषामा आमरण अनशनमा बसेका हुन्।
समितिमा संस्थागत विधालयको प्रतिनिधि समावेश गरिनु पर्ने,शिक्षा अधिकारी भ्रष्ट रहेको भन्दै सरुवा गरिनु पर्ने, शैक्षिक गुणस्तरमा सुधार गरिनु पर्ने लगायतका चार सुत्रीय माँग राख्दै धनुषाका नीजि विधालयका संस्थापक तथा प्रधानाध्यापकहरु आन्दोलित भएका छन्।
यता धनुषाका सम्पुर्ण नीजि विधालयहरु आज दोश्रो दिन पनि ठप्प रहेका छन्। एन प्यबसन र प्याबसनको संयुक्त आव्हानमा नीजि विधालयहरु आज पनि ठप्प रहयो।
नव गठित समिति विघटनको माँग गर्दै दुबै संगठनले हिजोबाट अनिश्तकालिन विधालय बन्दको घोषणा गरेका छन्।
प्रथम त्रैमासिकपरिक्षा नजिकै जाँदा विधालयहरु बन्द भएकाले वालवालिकाहरुको पठन पाठन प्रभावितको छ। यसैबीच एन प्याबसन र प्याबसनले गरेको आन्दोलनप्रति संयुक्त शिक्षक संर्घष समिति धनुषाले समर्थन जनाएको छ।
यता शिक्षा अधिकारि झा समितिमा कुनै परिर्वन न गर्ने मनसायमा रहेको श्रोतले जनाएको छ। समिति कानुन संवत तथा वैधानिक रहेको झाको दावी छ। समितिमा संस्थागत विधालयका प्रतिनिधिका रुपमा जनकपुर स्थित ज्ञानकुप विधालयका प्रधानायापक संजय झालाई समावेश गरिएपछि विवाद चर्केको हो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: