• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

स्वास्थ्य स्वयंसेवकहरु अन्यत्र गएपछि अस्पतालको काम प्रभावित

 सगरमाथा अंचल अस्पतालमा कार्यरत अधिकांश स्वास्थ्य स्वयंसेवकहरु लोक सेवा आयोगको परीक्षा दिनका लागि अन्यत्र गएपछि अस्पतालका रोगीहरुको उपचार सेवा प्रभावित भएको छ । सगरमाथा अंचल असपतालमा कार्यरत कर्मचारी र अस्पताल विकास समितिले नियुक्त गरेका कर्मचारीहरुको तुल्नामा स्वास्थ्य स्वयंसेवकहरुले बढी सेवा दिने गरेको र ’em अहिले अन्यत्र गएपछि अस्पतालमा उपचार सेवा प्रभावित भएको रोगीका आफन्तहरुले गुनासो गरेका छन् ।

विगत दश वर्ष भन्दा बढी समयदेखि स्वयंसेवकको रुपमा कार्य गरी रहेका स्वास्थ्य कर्मीहरुको अहिलेसम्म एक सुको तलव नपाई निरन्तर सेवा उपलब्ध गराई रहेको र ’em जागीरको लागि परीक्षा दिन गएको समयमा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदा रोगीहरु विच्चलीमा परेको अस्पताल विकास समितिका पूर्व सदस्य ई. सूर्य नारायण यादवको भनाई छ । पूर्व सदस्य यादवले विगतका अस्पताल विकास समितिले निःशुल्क योगदान दिने स्वयंसेवकहरुलाई जागीरमा लगाई दिने आश्वासन दिदै आए पनि हालसम्म ’emको लागि उचित निर्णय हुन नसकेको कारण सेवा स्थायित्वको लागि परीक्षा दिन धनकुटा, जलेश्वर लगायतका स्थान गएको बताउनुभयो । यस अस्पतालमा रिक्त रहेको स्वास्थ्यकर्मी बहाली तर्फ वारम्बार स्वास्थ्य मंत्रालयमा पत्राचार र दबाब दिएपनि सो काम नलागेको र अहिलेसम्म भोलेनटियरबाट नै अस्पतालमा रोगीको उपचारमा महत्वपूर्ण सेवा उपलब्ध हुँदै आएको पूर्व सदस्य ई.  यादवको भनाई छ ।
अस्पतालमा कार्यरत भोलेनटियरहरु अन्यत्र गएपछि रोगीहरुले समय–समयमा पाउने स्वास्थ्य सेवा सहज ढंगले पाउन सकिनरहेको तथ्यलाई असपतालको इमर्जनेन्सी शाखाका इन्चार्ज लाल किशोर सिंहले स्वीकार्दै जसो–तसो रोगीलाई सेवा पु¥याउने गरेको जानकारी दिनुभयो । बर्षौदेखि अस्पतालमा रिक्त दरबन्दी अनुसार कर्मचारी नहुँदा दिनानुदिन समस्या बढ्दै गएको र यस मामिलामा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरु समेत खासै ध्यान नदिएको गुनासो समेत इन्चार्ज सिंहले गर्नुभयो । यस सम्बन्धमा अस्पतालका मेसु डा. लक्षमण मण्डलसँग बुझ्दा उहाँले अस्पतालमा १९ स्टाफ नर्सको सट्टामा १४ वटा र ६ वटा अनमी हुनु पर्नेमा ४ वटा मात्रै रहेको स्वीकार्नु भयो । भोलेनटियरको अभावमा उपचारमा देखिएको समस्या समाधान गर्न आफु प्रयासरत रहेको दावी समेत उहाँले गर्नुभयो ।
 
शुभ नारायण यादब
सप्तरी, १२ असार ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: