दलहरु दुवारा कामकाज रोक्का गर्ने घोषणा

शुभ नारायण यादब
सप्तरी,१३ असार ।
 राजविराज नगरपालिकाको बोर्डमा रहेका दलीय संयन्त्रका प्रतिनिधिहरुले नगरपालिकाको आय व्यय छानविनका लागि उच्च स्तरीय समिति गठनको माँग गर्दै दैनिक कारवाही बाहेक अन्य कामकाज रोक्का गर्ने घोषणा गरेका छन् ।

 राजविराज नगरपालिकाको बोर्डमा रहेका तमलोपा प्रतिनिधि फनिकान्त झा, दलित जनजाति पार्टीका मनोज कुमार राउत, सद्भावना पार्टीका मनोज कुमार झा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सुखराम यादव, राप्रपा नेपालका श्रीराम शर्मा, नेकपा मालेका गंगा खंग, सप्रजपा नेपालका कमानन्द माझी, राप्रपाका भूप नारायण यादव, नेलोस दलका मनोज कुमार दास, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका चन्द्रकला चौधरी (थारु), नेपाली जनता दलका दिलिप दास, चुरे भावरका यमुना थापा र नेकपा एकीकृतका सुवि यादवले सामुहिक विज्ञप्ती मार्फत सो माँग गरेका हुन् ।
 सामुहिक विज्ञप्तीमा बोर्डले गरेको निर्णय फरक ढंगले लेखिने, बोर्डको सल्लाह अनुसार नगर प्रशासन नचलेको, नगरपालिकाको विकास निर्माण र अन्य गतिविधि पनि संतोषजनक नरहेको आरोप लगाईएको छ । यस नगरपालिकामा बिगत दुई वर्षमा भएका खर्च र आम्दानीको पुनः जाँच गर्नका लागि उच्चस्तरीय समिति गठनको माँग विज्ञप्तीमा गरिदै समितिले प्रतिवेदन सार्वजनिक नगरेसम्म नगरपालिकाको दैनिक काम कारवाही बाहेक अन्य काम रोक्का गर्ने घोषणा समेत गरिएको छ ।
 नगरपालिकाका निमित्त कार्यकारी अधिकृत बोर्ड बैठकमा बारम्बार अनुपस्थित हुने गरेको भन्दै निजको सट्टामा अर्को कार्यकारी अधिकृतको व्यवस्था गर्न विज्ञप्तीमा माँग गरिएको छ ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: