• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हिरोइन को नाममा ठगी र चेली–वेटी वेच विखनको आरोपमा पक्राउ

शुभ नारायण यादब
सप्तरी,१३ असार ।
 महिला कलाकारहरुलाई फिल्ममा खेलाई दिन्छु भन्दै ठगी गर्न सुनसरीका सीताराम चौधरी थुनामा परेका छन् ।  सुनसरी भासी गाविस वडा नं. ७ निवासी सीताराम चौधरीले सप्तरी र उदयपुरका कलाकारहरुलाई फिल्ममा रोल दिन्छु भन्दै ठगी गरिहिडेको आरोपमा सप्तरी कला कुञ्जका सचिव गोपाल चौधरीले पक्राउ गरी प्रहरीमा बुझाएको बताएका छन ।
 
 भासी निवासी चौधरीले सप्तरी कला कुञ्जसँग आवद्ध सप्तरी फतेपुरकी कृष्णा विश्वकर्मा र उदयपुर पुरन्दाहाका करिशमा थारुलाई ललाई फकाई दुई हप्तासम्म सिरहामा राखेको र त्यस समयमा दुई कलाकारको जीउमा रहेको गहना समेत बेची दिएको आरोप सचिव चौधरीको छ ।
 सिरहाको माडरमा निरहुआ फिल्मको शूटिङ हुने र त्यसमा हिरोइन र अन्य रोल दिने भन्दै आफु सहित दुई युवती तथा सप्तरीका अन्य युवकहरुलाई प्रलोभन दिदै लगेको र लग्ने व्यक्ति सीतारामले भने अनुसार फिल्मको शुटिड्ड कही नभएको तथा कलाकारहरुबाट रकम माँग गर्न थालेपछि १० दिन अघि युवकहरु घर फर्किसकेको पुरन्दाहाको करिशमा थारुले बताईन् । युवकहरु भागेपछि आफू र फत्तेपुरकी कृष्णा विश्वकर्मा लहानको भोटिया टोल निवासी घुरन चौधरीको घरमा काम पाउने आशामा बसेपनि कुनै काम नपाएको र त्यसवेला आफूहरुको जीडमा रहेको सुनका गहना पनि प्रलोभन दिएर ठग चौधरीले लिएको करिशमाले भनिन ।
 सप्तरी र उदयपुरका युवतीहरुलाई प्रलोभन देखाई ठगी गर्ने सुनसरी भासीका सितारामले चेलिवेटी बेच विखन गर्ने मनसायले सिरहाको लहानबाट अन्यत्र लैजान खोजेपछि शुक्रबार सिरहाबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय रुपनीलाई बुझाएको सप्तरी कला कुञ्जका सचिव गोपालले बताए । ठग चौधरीले फतेपुरकी कृष्णा विकको नाम आफैले परिवर्तन गरी सविता चौधरी बनाएर फिल्ममा रोल दिने नक्कली संझौता समेत गरेको सचिव चौधरीले दावी गरेका छन ।
 ठगी र चेली–वेटी वेच विखनको आरोपमा पक्राउ परेका सुनसरी निवासी सिताराम चौधरीलाई अड्डा सार गरी शनिबार इलाका प्रहरी कार्यालय कञ्चनपुर पठाइएको जानकारी प्रहरीले दिएको छ । पिडितको उजुरी आधारमा दोषिसँग छानविन अनुसन्धान गरी मुद्दा अघि बढाइने प्रहरीले बताएको छ ।
 यसैबीच सप्तरी कला कुञ्जका अध्यक्ष उपेन्द्र यादवले कलाकारहरुलाई ठगी गर्दै वेच विखन गर्ने आरोपित उपर कानून बमोजिम कार्वाही हुनुपर्ने धारणा अघि सारेका छन ।
Advertisements

One Response

  1. BASTER MADESH LAI BADNAM GARIYEKO CHA BASTERRRRRRRRR

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: