नयाँ संविधानमा दलित सवालहरु

राधे श्याम
लहान,१२ असार
संविधान निमार्ण प्रक्रयाको सन्दर्भमा दलितका सवालहरु विषयक एक दिनमा अन्तरत्रृmया कार्यक्रम सम्पन भएको छ । ल्यानकाउ नेपाल सम्वद्ध जातिय विभेद तथा छुवाछुत अपराध निरानी केन्दं्र सिरहाको आयोजनामा कार्यक्रम सम्पन भएको हो । 

 कार्यक्रममा ल्यानकाउ नेपाल काठमाण्डौले नयाँ वन्ने संविधानमा दलितका सवालहरु समावेश गराउनका लागी अवधारण पत्र तयार गरी अधिवक्ता सुरेन्द्र पौडेल र अधिवक्ता चन्द्र नरायण चौधरीले प्रस्तुत गरेका अवधारणा पत्रमाथी छलफल भएको जनाईएको छ । 
 खुला छलफलका क्रममा लहान सिटि जेसिजका निवर्तमान अध्यक्ष मुरारी प्रसाद साह, वौधिक समाजका निवर्तमान अध्यक्ष एवं प्रोफेसर नमोनरायण झा, एकिकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज हरिनरायण चौधरी, सभासद, रामराती राम, प्रोफेसर धरनीधर अधिकारी, मधेशी युवा फोरमका केन्द्रिय सदस्य रोशन गुप्ता, तराई मधेश लोकतान्त्रि पार्टीका प्रवक्ता राकेश झा, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष भरत साह, दलित जनजाती पार्टीका राष्ट्रिय उपाध्यक्ष डा. सिताराम हरिजन, नेपाल पत्रकार माहासंघका सिरहा सभापती दिनेश्वर प्रसाद गुप्ता, लगायतका दर्जनौ अधिकारकर्मी, पेशा कर्मी राजनैतिक दलका प्रतिनिधीहरुले अवधाराणा पत्र साकारात्मक भएको भन्दै संविधान निर्माण कार्य जारी रहेको अवस्थामा दलित समुदायका मुक्तिका लागी सवालहरु लिखितरुपमा समावेश गराउन अतिआवश्यक रहेको वताँउदै सवालहरु संविधानमा समावेश गराउनका लागी हामी दवाव मुलक वातावरणको सृजन गर्ने प्रतिवद्धता जानाउनु भएको छ । लहानको गोधुली होटलमा भएको वृहद अन्तरक्रया कार्यक्रममा सिरहा जिल्लाका जिम्मेवार नेतृत्व वर्गको सहभागीता रहेको कार्यक्रममा जातिय विभेद तथा छुवाछुत गर्ने लाई कानुनी कार्वाही गराउन सत्रिय रहेको जातिय विभेद तथा छुवाछुत अपराध निगरानी केन्द्र संगै हामी पनी साथमा रहेको वरिष्ठ मानव अधिकार कर्मी राजकुमार राउत ले वताँउनु भयो । 
 अधिवक्ता सुरेन्द्र पौडेलको अध्यक्षता एव नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य एवं वरिष्ठ मानव अधिकारकर्मी राजकुमार राउतको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अपराध निगरानी केन्द ग्ऋध्ऋ सिरहाका अनुगमन तथा अनुसंधान संयोजक राधेश्याम रामले कार्यक्रममा प्रस्तोतको भुमिका निर्वाह गर्नु भएको थियो भने ६० जनाको सहभागीतामा कार्यक्रम सम्पन भएको पत्रकार विरेन्द्र कर्णले जानकारी दिनुभएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: