• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

दलित यूवतीसँग विवाह गर्ने यूवकलाई एक लाख प्रदान

शुभ नारायण यादब
सप्तरी, १६ असार  ।
 दलित यूवतीसँग विवाह गर्ने एक यूवकलाई यहाँ आज एक लाख रुपैयाँ नगद उपलब्ध गराउनुका साथै सम्मानित गरिएको छ ।


 सप्तरीको कोचाबखारी– ९ बस्ने सूर्यनारायण मंडलका २३ वर्षीय छोरा जीतेन्द्र मंडल र राजविराज– ३ निवासी कमल परियारकी २८ वर्षीया छोरी लक्ष्मी परियारलाई यसरी सम्मानित गरिएको हो ।
 जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले एक लाख रुपैयाँ नगद तथा सम्मानपत्र बुझाउँदै उनीहरुको दाम्पत्य जीवन सुखमयहोस भनी शुभकामना र बधाई पनि दिए ।
 सरकारले बजेट मार्फत घोषणा गरे अनुरुप ती जोडीलाई प्रोत्साहन भत्ता स्वरुप नगद उपलब्ध गराइएको प्रजिअ घिमिरेले बताए ।  संचारकर्मीहरुको वाक्लो उपस्थितीका बीच गरिएको सम्मान कार्यक्रममा वडो प्रशन्न मुद्रामा देखिएका नव विवाहिता जोडीले आफूहरुको विवाहलाई यसरी सम्मान गरिएकोमा राज्यप्रति आभार व्यक्त गरे । प्राप्त रकम भावी सन्तती तथा आयमूलक कार्यमा खर्चिने उनीहरुको भनाई थियो ।
 सप्तरीमा दलित यूवतीसँग बिहे गरी प्रोत्साहन स्वरुप एक लाख रुपैयाँ प्राप्त गर्ने मंडल पहिलो व्यक्ति हुन् ।  एक आपसमा गहिरो पे्रम बसेपछि ती जोडीले अभिभावकको सहमतिमा गत ०६६ भाद्र ९ गते पे्रम विवाह गरेका थिए । आफूभन्दा श्रीमान उमेरले ५ वर्ष कान्छो भएपनि पे्रम उमेर नदेख्ने लक्ष्मीको भनाई थियो । ‘हाम्रो पे्रम विवाहलाई अभिभावकका साथै समाज र राज्यले पनि स्वीकारेकोमा धेरै खुशी लागेको छ’– उनीहरुको संयुक्त भनाई थियो ।  साथै उनीहरुलाई विवाह दत्र्ताको प्रमाणपत्र समेत उपलब्ध गराईएको छ ।

2 Responses

  1. hi………………………………..?
    that”s good
    we are happy
    but we stay in nepal so we give some gift
    thank for all nepalessse people

  2. oh really yadi yesto parkar le bayo bane daijo t afee uthihihalcha i am so happy that marrge

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: