• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

खण्ड–खण्डको संघीयता आफुहरुलाई स्वीकार्य नहुने – अध्यक्ष तिवारी

शुभ नारायण यादब
सप्तरी, १६ असार  ।
 कालो संघीयता मधेशलाई स्वीकार्य नहुने धारणा नेपाल सद्भावना पार्टीका कावा अध्यक्ष विकास कुमार तिवारीले राख्नु भएको छ ।

 नेसपाका कावा अध्यक्ष तिवारीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पूर्व झापादेखि पश्चिम कंचनपुरसम्मको क्षेत्रलाई मधेश प्रदेश घोषणा नगरि खण्ड–खण्डमा विभाजित गरेर संघीयता ल्याए त्यो मधेशको लागि कालो संघीयता ठहरिने बताउनुभयो । कालो संघीयता अनुरुप नव संविधान जारी भए त्यो संविधान पनि मधेशको लागि कालो संविधान ठहरिने दावी गर्दै उहाँले कालो संघीयता र कालो संविधान नेसपालाई कहिल्यै स्वीकार्य नहुने बताउनुभयो । र, त्यस विरुद्ध पार्टी सशक्त प्रतिकारमा उत्रिने उहाँले उद्घोष पनि गर्नुभयो ।
 पार्टीको भातृ संगठन मधेश रक्षा दल सप्तरी शाखा गठन सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा पार्टीका कावा अध्यक्ष तिवारीले मधेशीलाई राष्ट्रको वास्तविक मालिक बनाउनुपर्ने र यसका लागि मधेशको सम्पूर्ण पहिचान स्थापित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
 गत चैत्रदेखि जेठ १४सम्म पार्टीले संचालन गरेको पदयात्राको दौरान नेपालगंजदेखि पश्चिम हुलाकी सडक छेउ–छाउ पहाडी मुलका बासिन्दा निकै बढेको र बर्दीया जिल्लामा वन फडानी गरी अप्रवासी बस्ती बसाईएको तथ्य फेला परेको बताउँदै कावा अध्यक्ष तिवारीले बर्दियामा कमैयालाई नदी किनारमा आवासको लागि जग्गा दिने तथा वन फडानी गरी अन्यत्रका पहाडी मुलका व्यक्तिहरुलाई निर्वाध रुपमा बसाइने काम भैरहेको छ, भन्नुभयो ।
 पश्चिम तराईका थारुहरु आफु मधेशी रहेको स्वीकार्दै मधेश विना थारुको कल्पना गर्न नसकिने धारणा समेत आफु समक्ष राखेको अध्यक्ष तिवारीले बताउनुभयो ।
Advertisements

One Response

  1. saptari ma four

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: