• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

दुव्न्द्लाई शान्तिमा रुपान्तरण

शुभ नारायण यादब
सप्तरी, १६  असार  ।
 दुवन्द्लाई शान्तिमा रुपान्तरण गर्ने प्रमुख उद्देश्यका साथ स्थानीय शान्ति समितिको कार्यालयले क्षेत्रीय स्तरमा गरेका कार्यक्रमहरु अत्यन्तै प्रभावकारी देखिएको निष्कर्श निकालिएको छ ।


 मंगलबार स्थानीय शान्ति समिति कार्यालयद्वारा आयोजित ‘विस्तृत शान्ति सम्झौताको समिक्षा तथा वर्तमान अवस्थामा स्थानीय शान्ति समितिको भुमिका’’ विषयक एक दिने अन्तरक्रियात्मक गोष्ठीका सहभागीहरुले यस्तो निष्कर्स निकालेका हुन । यद्यपी उनीहरुले शान्ति समितिलाई जिल्ला स्तरमा मात्र सिमित नराखी गाउँ स्तरसम्म विस्तार गर्दा सुनमा सुगन्ध हुने सुझाव पनि दिएका छन् । समिति विस्तार गरिए द्वन्द्व व्यवस्थापन गर्न अझ सजिलो हुने उनीहरुको तर्क थियो ।
 द्वन्द् व्यवस्थापन तथा द्वन्द्लाई शान्तिमा रुपान्तरण गर्ने उद्देश्यका साथ समितिले जिल्लाको कंचनपुर, हनुमाननगर, पातो, कल्याणपुर, बोदे बर्साइन र सदरमुकाम राजविराज गरी ६ वटै निर्वाचन क्षेत्रमा द्वन्द्व पीडित परिवारलाई लक्षित गरी एक महिने लामो कार्यक्रमको अभियानै चलाएको थियो ।  सो क्रममा समितिले द्वन्द्व पीडितहरुको पीडा बुझ्नुका साथै कार्यक्रम स्थलमै उनीहरुलाई राहत र सम्मान गरेर हौसला बढाउने काम गरेका थिए । कार्यक्रमका सहभागीहरुले यस्ता कार्यक्रमले निराश भई बसेका दुवन्द् पीडित परिवारमा हौसला र उर्जा प्रदान गरेको बताए । केहीले त दुवन्द्वमा अभिभावकै गुमाएका पीडित परिवारका लागि थप राहतका कार्यक्रम संचालन गर्न माँग पनि गरे ।
 कार्यक्रममा कतिपय सहभागीहरुले जिल्ला स्तरमा शान्तिका लागि दलहरु एकजुट देखिए पनि केन्द्रीय स्तरमा त्यस्तो प्रवृति नदेखिएकोमा आक्रोश पोखे । शान्ति सम्झौतालाई धोती लगाउँदै प्रमुख दलहरु सत्ता प्राप्तिकै खेलमा बढी समय खर्चिरहेको र यस्तै रवैया रहे १ वर्ष त के १० वर्ष थप्दा पनि संविधान नबन्ने उनीहरुले ठोकूवा पनि गरे ।
 स्थानयि शान्ति समितिका संयोजक शैलेन्द्र प्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम प्रसाद घिमिरे, एकीकृत नेकपा माओवादीका सूर्यनाथ यादव ‘सुभाष’, सेभ द सप्तरीका धु्रव देव, नागरीक संजालका सुखराम यादव, सद्भावना पार्टीका दीपेन्द्र चौधरी, पुनरावेदन वार इकाइका श्यामनारायण साह, जिल्ला बार इकाइका दुर्गानन्द चौधरी, संचार यात्रा नेपालकी करुण झा, टे«ड यूनियनका उमेश साह, फोरम नेपालका युसुफ अली, फोरम लोकतान्त्रिकका सत्यनारायण यादव लगायतका वक्ताले द्वन्द्व व्यवस्थापन ’bout आ–आफ्ना सुझावहरु प्रस्टैसँग राखेका थिए ।
 राजाराम यादवद्वारा संचालित कार्यक्रममा समितिकी सचिव प्रकृति भट्टराईले क्षेत्रीय कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा दुवन्द् व्यवस्थापन गर्न समाचार लेख र रचनाका माध्यमले सहयोग पुर्याउने  संचारकर्मीहरुलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रम चलिरहदा सहभागीहरुको मोवाइलको घन्टी पटक–पटक बजेको देखेर दिक्क वाक्क भएकी संचार यात्रा नेपालकी करुणा झाले शान्तिको प्रमुख बाधक मोवाइल रहेको आक्रोश पोखेपछि कार्यक्रममा एक छिन हाँसो गुन्जेको थियो ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: