खिलराजलाई रोक्न सर्वोच्चमा परेको रिटमा सुनुवाई हुँदै

८ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउन नहुने भन्दै अधिवक्ता भरत जंगमले सर्वोच्चमा दायर गरेको रिटमाथी मंगलवार सुनुवाई हुँदैछ। रेग्मीमाथि परेको रिटको सुनुवाई न्यायाधीश कल्याण श्रेष्ठको इजलासमा हुन लागेको सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो । रावलका अनुसार रेग्मीलाई रोक्न अन्तरिम आदेश जारी गर्ने या नगर्ने भन्नेवारे सकेसम्म आजै टुंगो लाग्ने छ ।

रेग्मीलाई प्रधानमन्त्री बनाउने निर्णय नगर्न अन्तरिम आदेशको माग गर्दै अधिवक्ता जंगमले आइतवार बेलुकी सर्वोच्चमा रिट दायर गर्नु भएको थियो । रिटमा पूर्वप्रधानन्यायाधीश वा स्वतन्त्र व्यक्तिको अध्यक्षतामा चुनावी सरकार बनाउन परमादेशको मागसमेत गरिएको थियो ।

जंगम दर्ता गराएको तीन पृष्ठ लामो रिट निवदेनमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रधानमन्त्री बाबुराम भट्टराई र पुष्पकमल दाहाललाई विपक्षी बनाइएको छ । ६६ बर्षीय जंगमले आफू जेष्ठ नागरिक समेत भएको भन्दै आफ्नो निवेदनलाई अग्राधिकारमा राख्न माग गर्नुभएको थियो ।

Source: Onlinekhabar.com

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: