• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अमेरिका र बंगलादेशसँग मात्र व्यापार नाफा

काठमाडौ, फाल्गुन ८ ( व्यापार प्रवर्द्धन केन्द्रले आर्थिक वर्ष २०६८र६९ मा नेपालले व्यापार गर्ने ३० देशको सूची सार्वजनिक गर्‍यो । जसमा दुईबाहेक अन्य सबै मुलुकसँग व्यापार घाटा छ । व्यापार नाफा भएका दुई देशमा संसारकै ठूलो अर्थतन्त्र अमेरिका र हामीजस्तै अतिकम विकसित देश बंगलादेश छ ।

गत वर्ष अमेरिकाबाट करिब ४ अर्ब ८८ करोड ५४ लाख २५ हजार रुपैयाँको सामग्री आयात भएको थियो ।  तर निर्यात भने झन्डै ५ अर्ब ५५ करोड १९ लाख रुपैयाँ बराबर भयो । यसअनुसार गत वर्ष अमेरिकासँग ६७ करोड रुपैयाँको व्यापार नाफा भयो । अमेरिका निर्यात हुने अधिकांश वस्तुले भन्साररहित सुविधा पाउने भएकाले पनि नेपालको व्यापार नाफा देखिएको हो । अमेरिकाले अतिकम विकसित मुलुकहरूलाई भन्साररहित सुविधा दिन्छ । यसैगरी अमेरिकाले धेरै उच्चस्तरका वस्तु उत्पादन गर्ने तर यहाँको क्रयशक्तिका कारण यस्ता उत्पादनको माग कम हुने भएकाले पनि व्यापार नाफा भएको विज्ञहरू बताउँछन् ।

अमेरिकाले सुरुमा अनुसन्धान गरेका कम्प्युटरलगायत उपकरण चीनजस्ता विकासोन्मुख मुलुकमा बन्न थालेपछि यी देशबाट हुने आयात भने बढेको छ । अमेरिका नेपालको दोस्रो ठूलो आयातकर्ता पनि हो । यहाँको उत्पादन सबैभन्दा धेरै भारत निकासी हुन्छ । केन्द्रको तथ्यांकअनुसार गत वर्ष भारतर्फको निर्यात ५० अर्ब ९३ करोड रुपैयाँ थियो । अमेरिकासँगको व्यापार नाफा अघिल्लो वर्ष पनि थियो । उक्त वर्ष करिब ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । सोही अवधिमा आयात भने करिब ३ अर्ब ९३ करोड १० लाख रुपैयाँ बराबरको भयो । १० वर्षअघिको जस्तो नेपाली तयारी पोसाकको माग अमेरिकामा कायमै रहेको भए निर्यात अझ बढी हुने व्यवसायी बताउँछन् । आर्थिक वर्ष २०५७र५८ मा करिब १० अर्ब रुपैयाँ बराबरको तयारी पोसाक मात्रै अमेरिका निर्यात भएको थियो । त्यसयता देशभित्र बढेको आन्तरिक द्वन्द्व र अन्तर्राष्ट्रियस्तरमा कोटा प्रणाली खारेज भएपछि नेपालले बजार हिस्सा गुमाउँदै गएको हो । अहिले तयारी पोसाकको बजार युरोपतिर विस्तार हुन थालेको छ । २०६५ देखि कोटा प्रणाली खारेज भएपछि तयारी पोसाकको बजार अमेरिकाबाट घटेर युरोपतिर सरेको हो । तर नेपालले अझै तयारी पोसाकमा भन्साररहित सुविधा पाउने हो भने अमेरिकामा बजार पाउने सम्भावना छ । तयारी पोसाकमा भन्साररहित सुविधा छैन । नेपाली तयारी पोसाकले अमेरिकामा करिब १७ प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ । यसैगरी गत आर्थिक वर्ष बंगलादेशबाट  करिब १ अर्ब ५० करोड २८ लाख  रुपैयाँ बराबरको आयात भएको थियो । सोही अवधिमा करिब २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ बराबरको सामग्री निर्यात भएको भएको थियो । अघिल्लो आर्थिक वर्षमा बंगलादेशमा करिब ३ अर्ब ४७ करोड १९  लाख ३८ हजार रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो । सोही अवधिमा आयात भने करिब १ अर्ब १० करोड ४१ लाख ५० हजार रुपैयाँको  मात्र भएको थियो । बंगलादेशसँग करिब १ अर्ब रुपैयाँले गत वर्ष व्यापार नाफा भयो । मुख्यतया मुसुरोको दालको माग बंगलादेशमा धेरै छ । बंगलादेशसँग भएको पछिल्लो व्यापार वार्तामा बंगलादेशले पनि केही नेपाली कृषिजन्य उत्पादनलाई भन्साररहित सुविधा दिने प्रतिबद्धता जनाएको छ । नेपालले पनि सोही सुविधा दिने हुँदा दुई देशबीचको व्यापार थप विस्तार हुने सम्भावना रहेको व्यवसायी बताउँछन् । यी दुई मुलुकसँग व्यापार नाफा भए पनि बाँकी  २८ वटा मुलुकसँग भने व्यापार घाटामा रहेको तथ्यांकमा छ । गत वर्ष कुल व्यापार घाटा ४ खर्ब २१ अर्ब रुपैयाँ थियो । गत वर्ष ४ खर्ब ९८ अर्ब रुपैयाँको आयात भएको थियो भने जम्मा ७४ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो । मुलुकबाट ऊनी गलैंचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामग्री  निकासी हुन्छ । यसैगरी चाँदीका गरगहना, चाउचाउ, अलैंची, चिया,  अदुवा, सुपारी, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडीबुटीलगायत वस्तु पनि निकासी हुन्छ । मुलुकको निकासी व्यापारमा भारत, अमेरिका, बंगलादेश, चीन, जर्मन, यूके, जापान, प्रmान्स, थाइल्यान्ड, इटाली प्रमुख रूपमा रहेका छन् भने पैठारी व्यापारमा भारत, चीन, थाइल्यान्ड, यूएई, इन्डोनेसिया, मलेसिया, ब्राजिल, कोरिया, जापान, जर्मनलगायत रहेका छन् ।

 

Source: Ekantipur.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: